कर्णाली प्रदेश सरकारले पायो पूर्णता, नयाँ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश सरकारले पायो पूर्णता, नयाँ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा मुख्यमन्त्री भएको १५ दिनपछि सरकारलाई पूर्णता दिएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाईलाई मन्त्री बनाइएको छ ।

मुख्यमन्त्री शर्माले यसअघि गत पुस २८ गते सपथ खादा विना विभागीय मन्त्रीमा नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाहीलाई नियुक्त गरेका थिए ।

यस्तै, नेकपा एमालेबाट मन्त्री बनेका दैलेखका शाह आर्थिक मामिला तथा योजना मन्त्री, मुगुका शाही  भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका छन् ।

नयाँ नियुक्त भएका एमालेका पछाईलाई सामाजिक विकासमन्त्री र बुढालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र माओवादी केन्द्रबाट जिसीलाई आन्तरिक मामिला तथा कानूनमन्त्री र शर्मालाई भूमी, व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी तोकिएको छ । नयाँ मन्त्रीले बुधबार नै शपथ लिएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved