म्याग्दीको बेनीमा ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर

नेपालभ्युज

म्याग्दीको बेनीमा ग्लोबल आइएमई बैङ्कको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैङ्क लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने लगायत सेवाहरू उपलब्ध हुनेछन्।ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved