आईएमई पे एपको डाउनलोड संख्या ४० लाख

नेपालभ्युज

आईएमई पे एपको डाउनलोड संख्या ४० लाख

काठमाडौं। आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई डिजिटल सोलुसनअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसी साटिएकाे थियो। आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उक्त उत्सव पनि मनाइएको थियो।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूका बीच खुसी आदान-प्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved