माइग्रेन भएका मानिस यस्ता खानेकुराबाट बचेको राम्रो

नेपालभ्युज

माइग्रेन भएका मानिस यस्ता खानेकुराबाट बचेको राम्रो

एजेन्सी । माइग्रेनको समस्या भएका व्यक्तिले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । माइग्रेन एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेनमा शरीरमा वेचैनी हुने, बान्ता हुने जस्ता समस्या पनि देखिन्छन् ।

माइग्रेन फरक प्रकृतिको टाउको दुख्ने रोग हो । यसमा टाउको आधा भाग मात्रै दुख्छ । माइग्रेनको दुखाइलाई खानेकुराले प्रभाव पार्छ । त्यसैले के के खाँदा दुखाई कम हुने र के के खाँदा दुखाईलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

मासु

लामो समयदेखि राखिएको मासुमा विभिन्न प्रकारका औषधिको प्रयोग भएको हुन्छ । त्यस्तो मासु खानुहुँदैन । तारेको, भुटेको र पोलेको मासुले पनि माइग्रेनलाई बढाउने गर्छ । यस्तै, मासुमा प्रयोग गरिने रङ्गले पनि माइग्रेनलाई बढाउँछ ।

यस्ता खानेकुराले मस्तिष्कमा नाइट्रिक अक्साइड निर्माण गर्छ जुन रक्तकोशिकाको माध्यमबाट फैलिन सक्छ र माइग्रेन बढाउँछ ।

चिज

दूधबाट बनेको चिजले माइग्रेन बढाउँछ ।

अप्राकृतिक चिनी

विभिन्न प्रक्रिया पूरा गरेर निर्माण गरिएको खानेकुरामा अप्राकृतिक चिनीको प्रयोग गरिएको हुन्छ । यसमा एस्पार्टेम पनि अत्यधिक मात्रामा प्रयोग गरिएको हुन्छ । जुन माइग्रेनको दुखाईको कारण बन्छ ।

चकलेट 

माइग्रेनको समस्या हुनेहरुले चकलेट खानु हुँदैन । यसले दुखाईलाई बढाउँछ ।

क्याफिन

क्याफिनको सेवनले माइग्रेनको समस्यालाई बढाउँछ । यसको सेवन कम मात्रामा गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved