आचार्यको आत्मदाहको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनकारीले ‘यो देश हो कि वधशाला हो ?’, ‘यो आत्महत्या होइन हत्या हो’, ‘अब अर्को श्रद्धाञ्जलि मेरो लागि’, ‘प्रेमप्रसाद कायर होइनन्, विद्रोही हुन् जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आचार्यको आत्मदाहको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको जिम्मेवार सरकारले लिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। राज्यको लापरवाहीका कारण आफ्नै देशमा केही गर्न खोज्ने एक उद्यमीले आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै केही युवाले  सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

मंगलबार संघीय संसद भवनअघि आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा  मृत्यु भएको थियो । इलाम घर भएका आचार्यले यो देशमा आफूले जति कोसिस गरे पनि केही गर्न नसकेको भन्दै नयाँ बानेश्वरको सडकमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

प्रदर्शनकारीले ‘यो देश हो कि वधशाला हो ?’, ‘यो आत्महत्या होइन हत्या हो’, ‘अब अर्को श्रद्धाञ्जलि मेरो लागि’, ‘प्रेमप्रसाद कायर होइनन्, विद्रोही हुन् , ‘प्रेमप्रसादको परिवारलाई न्याय दे’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । हेरौं प्रदर्शनका तस्वीरहरु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved