बागमतीमा माओवादी केन्द्रबाट मन्त्री बन्दै मोक्तान, दुलाल र श्रेष्ठ

बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले मन्त्री टुङ्ग्याएको छ ।

नेपालभ्युज

बागमतीमा माओवादी केन्द्रबाट मन्त्री बन्दै मोक्तान, दुलाल र श्रेष्ठ

काठमाडौं । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले मन्त्री टुङ्ग्याएको छ ।

माओवादी केन्द्रबाट मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गंगानारायण श्रेष्ठलाई मन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय गरेको छ ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय मन्त्रालयको जिम्मेवारी पाउँदा दुलालले भौतिक योजना र मोक्तानले सामजिक विकास मन्त्रालय पाउने भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते नेकपा (एमाले) का संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved