एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

नेपालभ्युज

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

काठमाडौं। एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा छुट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ ।

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा बैंकका ग्राहकले १२ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सोसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्राध्यापक डा. अञ्जनी कुमार झाले हस्ताक्षर गरेका छन् ।

उक्त छुट पाउन ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved