प्रधानमन्त्रीमा प्रचण्डको एक महिना, २१ दिन सिंहदरबारबाट कामकाज, विदेशबाट पनि साथ र समर्थन

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारबाटै राज्य सञ्चालन गरेको आरोप लागेको थियो । तर प्रचण्ड भने कार्यभार सम्हालेको ३० दिनमध्ये २२ दिन सिँहदरबारमा रहेको कार्यालयमा गएको उनको सचिवालयले जनाएको छ ।

नेपालभ्युज

प्रधानमन्त्रीमा प्रचण्डको एक महिना, २१ दिन सिंहदरबारबाट कामकाज, विदेशबाट पनि साथ र समर्थन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएको आज एक महिना पुगेको छ । गएको पुस ११ गते प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयकताको शपथ लिएका थिए ।

११ गते राति सिँहदरबारमा पुगेर कार्यभार सम्हालेका प्रधानमन्त्री प्रचण्ड नियमितजसो कार्यालय जाने गरेका छन् ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारबाटै राज्य सञ्चालन गरेको आरोप लागेको थियो । तर प्रचण्ड भने कार्यभार सम्हालेको ३० दिनमध्ये २२ दिन सिँहदरबारमा रहेको कार्यालयमा गएको उनको सचिवालयले जनाएको छ । सार्वजनिक बिदाबाहेक उनी जम्मा चार दिन मात्र सिंहदरबार गएका छैनन, बाँकी सबै दिन सिंहदरबारबाटै कार्यसम्पादन गरेका छन् ।

यसले सम्पूर्ण मन्त्रालय, सिङ्गो प्रशासन संयन्त्रलाई प्रभावकारी परिचालन गर्ने वातावरण बनेको छ ।  प्रधानमन्त्रीले सरकारी काम बालुवाटारको निवासबाट नभइ सिँहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट मात्रै गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस अवधिमा प्रधानमन्त्री कार्यालयका कामलाई प्रभावकारी बनाउन आवश्यक आन्तरिक गृहकार्य सम्पन्न गरिएको छ । हेलो सरकारको प्रभावकारी सञ्चालन, प्रधानमन्त्री कार्यालयमा रहेको प्राविधिक कक्षको चुस्तता, विगत लामो समयदेखि थन्किएका प्राविधिक सामानहरूको निरीक्षण, मर्मतलगायतका काम पनि यसै अवधिमा गरिएको सचिवालयको दाबी छ ।

प्रधानमन्त्रीले देशभित्रबाट असाधारण समर्थन पाएका छन् । संसदमा सहभागि २ सय ७० मध्ये २ सय ६८ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

देशभित्र नभई बाहिरबाट पनि उत्तिकै साथ,समर्थन र सहकार्यको प्रतिवद्धता प्राप्त भएको छ । यसै अवधिमा प्रधानमन्त्रीसँग भारत, चीन, अमेरिका, स्विट्जरल्यान्ड, जर्मनी, कतार र यूएईका राजदूतसाथै युरोपेली युनियनलगायतका प्रतिनिधिसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा सबै मुलुकका राजदूतले वर्तमान सरकारसँगको सहकार्य थप मजबुत हुने प्रतिबद्धता व्यक्त गर्दै मित्रराष्ट्रबाट प्राप्त हुँदै आएको सद्भाव र सहयोगमा बढोत्तरी हुने विश्वास दिलाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved