भूकम्पले बाजुरामा कैयौं घर भत्किए, हिमपातका कारण उद्दारमा समस्या

उक्त क्षेत्रमा हिमपातका कारण टेलिफोन सेवा समेत अवरुद्ध भएकाले क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

भूकम्पले बाजुरामा कैयौं घर भत्किए, हिमपातका कारण उद्दारमा समस्या

धनगढी । बाजुरामा आज गएको भूकम्पले केही घर र संरचना भत्काएको छ । माथिल्लो भेगमा केन्द्र बनाएर भूकम्प गएकाले उद्दारमा कठिनाई भइरहेको छ ।

उक्त क्षेत्रमा हिमपातका कारण टेलिफोन सेवा समेत अवरुद्ध भएकाले क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको खबर प्राप्त भएको छ ।

हिमाली गाउँपालिकामा एउटा विद्यालय र दुई वटा घर भत्किएका छन् । अन्यत्र पनि केही घर र संरचना भत्किएको स्थानीयले बताएका छन् ।

गौमुल गाउँपालिकामा पनि केही घर भत्किएका छन् । गाउँपालिकाको वडा नम्बर– ७ सिराडीमा बढि क्षति पुगेको छ ।

गौमुल गाउँपालिका–१ अम्लिसका भेडा पालक रामदल बोहरा घाइते भएका छन् । उनका ५० वटा भेडा पनि हिउँमा पुरिएको स्थानीय केशव बोहराले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved