नेप्से ८.१४ अंकले बढेर बन्द, कारोबार रकम ३ अर्ब नाघ्यो

नेपालभ्युज

नेप्से ८.१४ अंकले बढेर बन्द, कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाडौं। मंगलबार दिनभरि घटिरहेको सेयर बजार पछि बढेर बन्द भएको छ । मंगलबार ८.१४ अंकले बढेको बजार २१७३.२४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार बजार २१४० सम्म ओर्लिएर पछि शून्य दशमलव ३८ प्रतिशतले बजार बढेको हो । यस दिन कुल २४८ धितोपत्रको ५२ हजार ४५० वटा कारोबारबाट ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बैंकिङ, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसूचक घटेका छन्।

सबैभन्दा धेरै वित्त उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, अपर तामाकोशी लगायत कम्पनीको धेरै कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved