बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युटको भूकम्प, भारतमा समेत कम्पन

नेपालभ्युज

बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युटको भूकम्प, भारतमा समेत कम्पन

काठमाडौ । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९  म्याग्निच्युडको भूकम्प गएको छ । बाजुराको मदना आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का छिमेकी जिल्लासहित भारतको राजधानी नयाँ दिल्लीसम्म पनि महशुस गरिएको थियो ।

भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको बाजुराका डिएसपी सुर्य थापाले बताए । क्षतिबारेको थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सुदूरपश्चिमका विभिन्न क्षेत्रमा केही महिनायता लगातार भूकम्प गइरहेको छ ।

यसअघि कात्तिक तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युटको भूकम्प जाँदा ६ जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved