म्याच फिक्सिङ प्रकरण: पक्राउ परेका खेलाडीलाई अनुसन्धान गर्न ५ दिन म्याद थप

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मुलुक फौजदारी संहिताको दफा ५१ र राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो।

नेपालभ्युज

म्याच फिक्सिङ प्रकरण: पक्राउ परेका खेलाडीलाई अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं। म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका खेलाडीलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ५ दिनको म्याद थप गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मुलुक फौजदारी संहिताको दफा ५१ र राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो।

सोमबार पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए।

उनीहरूमाथि टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोप छ।
फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूको अपराध पुष्टि भए तीनदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ। सो मुद्दामा कसुर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलेमतो गरे राष्ट्रहितविरुद्धको कसुर भएको मानिने उल्लेख छ।

म्याच फिक्सिङ प्रकरण : प्रमाणित भए संलग्नलाई पाँच वर्षसम्म कैद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved