झापाको एभरेष्ट चिया बगानमा युवा र युवती मृत भेटिए

नेपालभ्युज

झापाको एभरेष्ट चिया बगानमा युवा र युवती मृत भेटिए

झापा। झापाको एक चिया वगानमा एकजना युवा र एकजना युवती मृत अवस्थामा भेटिएका छन् ।

कचनकवल गाउँपालिका-४ केचनामा रहेको एभरेष्ट चिया वगानमा उनीहरु मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विहान उनीहरु झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् ।

घटनाको अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved