नियतवश पोलभाडा बढाइयो, समाधान होस् : केबल व्यवसायी

नेपालभ्युज

नियतवश पोलभाडा बढाइयो, समाधान होस् : केबल व्यवसायी

काठमाडौ । केबल टेलिभिजन व्यवसायीले सरकारको नीतिका कारण केवल टेलिभिजन व्यवसाय नै धरापमा परेको बताएका छन् । केबल टेलिभिजन व्यवसायीको राष्ट्रिय भेला २०७९ ले  व्यवसायीमैत्री नीति लिन सरकारसँग माग गरेको छ ।

सरकारले नियमन गर्न बनाएको कानूनको फितलो कार्यान्वयनले यो क्षेत्रको संरक्षण हुनुको साटो झनै धरासायी बनेको व्यवसायीको निष्कर्ष  रहेको छ ।

‘केबल टेलिभिजन सेवा प्रदायकले आफ्नो सेवा प्रदान गर्नेक्रममा विभिन्न पूर्वाधारको प्रयोग गर्नुपर्ने हुन्छ । यसको एउटा पूर्वाधार नेपाल विद्युत प्राधिकरण र टेलिकमको विद्युत/टेलिकम पोल प्रमुख हो । केबल व्यवसाय नै बन्द गराउँने नियत राखेर अहिले पोलभाडाको अत्यधिक र आफूखुशी वृद्धि गराएर व्यवसाय नै बन्द गराउन खोजिएको छ । विद्यमान समस्याको समाधान गर्दै गैरकानुनी प्रसारणमा रोक लगाउनु पर्छ ’, विज्ञप्तिमा भनिएको छ ।

व्यवसायीले २०७८ असोज २० गते विद्युतीय पोल प्रयोग तथा सोको भाडा भुक्तानी एवम उपयोग सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

केबल व्यवसायीहरुले केबलको क्षेत्रमा दखिएका समस्याहरुको तत्काल समाधान र प्रशारणको क्षेत्रमा भइरहेका गैरकानूनी प्रशारणहरु तत्काल बन्द गरी÷गराइ नेपाल राज्यले अति आवश्यकीय सेवाको रुपमा अंगीकार गरेको केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved