कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

नेपालभ्युज

कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं  । संघीय संसद सचिवालयले  नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता  दिएको छ ।

संसद् सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाबारे पत्रमार्फत जानकारी गराएको छ ।

सचिवालयका अनुसार  संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविाधासम्बन्धी ऐनअनुसार देउवाले सेवा सुविधा पाउने छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि नेमकिपाले कांग्रेस पनि सत्ता पक्ष भएको भन्दै प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनुपर्ने भन्दै संसद् सचिवालयमा निवेदन दिएको थियो ।

त्यसपछि कांग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेताले पाउने सेवा सुविधाबारे जानकारी मागेपछि संसद सचिवालयले सेवा सुविधाबारे जानकारी दिएको  हो  ।

यस्तो छ संसद सचिवालयको पत्र 

जना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved