होन्डाका दुई नयाँ अफर सार्वजनिक

नेपालभ्युज

होन्डाका दुई नयाँ अफर सार्वजनिक

काठमाडौं। होन्‍डाले नेपाली बजारको लागि दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो। नेपालको लागि दुई पांग्रे होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि हो। कम्पनीले उक्त अफरहरू होन्डाको बाइक साइन र स्कुटर ग्राजियाको लागि सार्वजनिक गरेको हो।

होन्डा ९९ घण्टा अफरअन्तर्गत ग्राहकहरूले साइनको कुनै पनि स्पेयर पार्टस् अर्डर गरेको ९९ घण्टाभित्रै पाउन सक्नेछन्। यसो नभएको अवस्थामा कम्पनीले ग्राहकहरूबाट उनीहरूले चाहेको रकम लिने बताएको छ। ‘उक्त समयभित्र पार्टस आइपुगेन भने ग्राहकहरूले आफूले चाहेको रकम मात्र तिर्न सक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

ग्राहक सेवालाई सहज र छिटो बनाउनको लागि उक्त अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ। त्यस्तै, कम्पनीको ‘होन्डा रु १ अफर’ अन्तर्गत नयाँ ग्राजिया स्कुटर खरिद गर्दा ग्राहकहरूले मात्र रु १ मा तीन वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस प्राप्त गर्न सक्नेछन्। हाल होन्डा ग्राजियाको सुरुआती बजार मूल्य दुई लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved