राष्ट्र बैंकले साढे १० अर्बको ट्रेजरी बोलकबोल गर्दै

नेपालभ्युज

राष्ट्र बैंकले साढे १० अर्बको ट्रेजरी बोलकबोल गर्दै
फाइल तश्वीर

काठमाडौ‌ं। नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिममा कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

सूचनाअनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने माघ १० गते मंगलबार हुनेछ । केन्द्रीय बैंकका अनुसार कुल ट्रेजरीमध्ये ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण र ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।

यसअघि, केन्द्रीय बैंकले माघ २ गते ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो । प्रस्तावित ट्रेजरीका लागि अधिकतम ११.२१ प्रतिशत र न्यूनतममा ९.५० प्रतिशतको ब्याजदर अफर भएकोमा बैंकले १०.५८६१ प्रतिशतमा ट्रेजरी बिक्री गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved