फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ रहेकोमा आज सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ ।

गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरि उकालो लागेको हो । यसअघि, गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved