बालबालिकालाई हुने मौसमी रुघाखोकीमा घरेलु उपचार पनि उत्तम

नेपालभ्युज

बालबालिकालाई हुने मौसमी रुघाखोकीमा घरेलु उपचार पनि उत्तम

एजेन्सी । अहिले चिसो मौसम चलिरहेको छ । यो समयमा बालबालिकालाई मौसमी रुघाखोकीले धेरै सताउने गर्छ । मौसमी रुघाखोकी र ज्वरो सबै उमेरक व्यक्तिमा देखिए पनि ५ वर्ष मुनिका बालबालिकालाई अलि बढि समस्या हुन सक्छ ।

बालबालिकामा देखिने मौसमी रुघाखोकीको घरेलु विधिबाट उपचार गर्न सकिन्छ । बालबालिकामा हुने मौसमी रुघाखोकीलाई कसरी घरायसी विधिबाट उपचार गर्ने ? केके कुरामा ध्यान दिने र कुन अवस्थामा अस्पताल लैजाने भन्ने विषयमा स्वास्थ्य विशेषज्ञको भनाई जानौं :

के हो भाइरल फिभर ?

भाइरल फिभर भनेको सामान्य भाषामा मौसमी रुघाखोकी हो । ५ वर्ष भन्दा मुनिका बालबालिकालाई रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या धेरै देखिन्छ । ज्वरो धेरै प्रकारको हुन्छ । किटाणु वा शरीरमा केही इन्फेक्सनको कारणले पनि ज्वरो आउन सक्छ ।

इन्फेक्सनका कारणले ज्वरो आएको छ भने औषधि खाएपछि निको हुन्छ । तर भाइरसको कारणले आएको ज्वरोको औषधि हुँदैन । किनकी भाइरसलाई मार्ने औषधि हुँदैन । अर्थात, भाइरसको कारणले आएको ज्वरो तथा रुघाखोकी एन्टिबायोटीकले निको हुँदैन ।

एन्टिबायोटीक ब्याक्टेरियाको लागि प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात ब्याक्टेरियाको कारणले बालबालिकामा समस्या देखियो भने मात्रै प्रयोग गर्न सकिन्छ । तर, अहिले भाइरसको लागि पनि एन्टिबायोटीक प्रयोग गरिन्छ, त्यो गलत हो ।

बालबालिकालाई ज्वरो आउनेबित्तिकै एन्टिबायोटीक खुवाउने चलन छ, यसो गर्नु हुँदैन । गलत एन्टिबायोटीक प्रयोगले भाइरसलाई त छुँदैछुँदैन, यसको प्रभावकारिता पनि घट्दै जाने जोखिम हुन्छ ।

बालबालिकालाई भाइरसबाट जोगाउनको लागि पूर्णरुपमा खोप लिनु उपयुक्त हुन्छ । भाइरसको उपचार भनेको आराम गर्ने, तातोपानी खाने, बेसार र तातोपानी मिसाएर खाने नै हो ।

तर उच्च ज्वरो आएको खण्डमा भने स्वास्थ्य संस्थामै लैजानु आवस्यक हुन्छ ।

घरेलु उपचार

सामान्य ज्वरो आउँदा औषधि खाइहाल्नु पर्दैन । भाइरस हाम्रो शरीरमा पनि हुन्छ र बाहिर हावाबाट जतिबेला पनि हामीलाई लाग्न सक्छ । जब हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता कम हुन्छ तब भाइरलको समस्या देखिन्छ ।

निन्द्रा पुगेको छैन या हामी टेन्सनमा छौं भने पनि शरीरमा रोगसँग लड्ने क्षमता कम हुन्छ । सोही बेलामा शरीरमा बाहिरको भाइरसले आक्रमण गर्छ ।

भाइरसले आक्रमण गरेपछि त्यसलाई मार्न सकिएन भने भाइरल देखिने हो । लक्षण कसैलाई धेरै ज्वरो आउन सक्छ । तर कसैलाई ज्वरो नआउने जिउ दुख्ने, घाँटी दुख्ने, अल्छी लाग्ने मात्रै पनि हुन सक्छ ।

भाइरल फिभरमा धेरै जिउ दुख्ने, टाउको दुख्ने, खान मन नलाग्ने, हिँड्न नसक्ने जस्ता लक्षण देखा पर्छन् । भाइरल फिभरमा झाडापखाला लाग्ने, बान्ता हुँने, पेट दुख्ने जस्ता लक्षण पनि देखिन सक्छन् ।

मौसम परिवर्तनको समयको भाइरल फिभरको घरमा नै उपचार गर्न सकिन्छ । सो समयमा तातोपानी, अदुवा, बेसार, तुलसीको पात र महको सेवन हितकर हुन्छ ।

हिँडडूल गर्दा रोग सँग लड्ने क्षमता कम भएर जाने हुँदा आरामको धेरै जरुरी हुन्छ । त्यसैले बालबालिकालाई पूर्ण रुपमा निको नभएसम्म बाहिर नपठाउनु राम्रो हो ।

सामान्य ज्वरो आउँदा औषधि खुवाइयो भने अर्काे पटक घरेलु उपचारले काम गर्दैन । पछि त्यो भन्दा पनि धेरै डोजको औषधि खानु पर्ने हुन्छ । तर यसरी औषधि खाने बालबालिकालाई ‘रिपिटेड’ भाइरल फिभर हुन्छ ।

बालबालिकाको हकमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले मौसम परिर्वतन भएको समयमा बिरामी हुने सम्भावना धेरै हुन्छ ।

भारइरसबाट बच्नको लागि बच्चालाई तुलसीको पात, मह र पोषणयुक्त खानेकुरा धेरै खुवाउनु पर्छ । धेरै त ५ वर्ष मुनिका बालबलिकासँग रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यस्तै २ वर्ष सम्मका बालबालिकाई झनै समस्या हुन्छ ।

बालबालिकालाई ज्वरो धेरै छैन भने घरेलु उपचार गर्ने र ज्वरो अलि बढि भए पारासिटामोल खानु उपयुक्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved