युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र

नेपालभ्युज

युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
रूस-युक्रेन युद्धको एक तस्वीर।

मस्को । केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।

रूसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक गतिविधि केन्द्रित गरिएको छ ।

रोगोभलाई उद्धृत गर्दै रिया नोभोस्ती समाचार एजेन्सीले भनेको छ, ‘दस्ता विशेष गरी ओरिखिभ र हुल्यापोलेतर्फ दुई दिशामा अघि बढिरहेको छ ।’

उनले ती क्षेत्रमा सक्रिय भिडन्त भइरहेको र लडाई रूसी सेनाको नियन्त्रणमा रहेको बताए ।

युक्रेनी सेनाले आइतबार आफ्नो दैनिक रिपोर्टमा जापोरिजियामा ‘१५ भन्दा बढी बस्तीहरू गोलाबारीबाट प्रभावित भएको’ बताएको छ ।

यसै हप्ताको सुरुमा रोगोभले ओरिखिभ वरपर ‘आक्रमण’ को घोषणा गर्दै रुसी सेनाले निप्रो नदी नजिकैको लोबकोभ गाउँलाई नियन्त्रणमा लिएको बताएका थिए ।

यो हप्ता दक्षिणी क्षेत्रमा युद्ध ‘तीव्र रूपमा बढेको’ उनले बताएका छन् । शनिबार रूसी सेनाले जापोरिजिया क्षेत्रमा ‘आक्रामक कदम’ चालेको र ‘थप लाभप्रद अवस्थामा पुगेको दाबी गरेको थियो ।

गत नोभेम्बरमा मस्कोले प्रमुख शहर खेर्सनबाट हात झिकेपछि दक्षिणी युक्रेनको मोर्चा पछिल्लो समय पूर्वको तुलनामा निकै शान्त भएको छ । रुसले जापोरिजिया क्षेत्र र अन्य तीन युक्रेनी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन ।

यस क्षेत्रको दक्षिणी भागको ठूलो भाग मस्कोले नियन्त्रण गरेपनि यसको मुख्य शहर जापोरिजिया र उत्तरी भाग रूसी सेनाको अधीनमा परेको छैन । रुसले युक्रेनी सेनालाई त्यहाँबाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved