याद राख्नुहोस टुसा उम्रिएको आलु खानु घातक हुन सक्छ

नेपालभ्युज

याद राख्नुहोस टुसा उम्रिएको आलु खानु घातक हुन सक्छ

एजेन्सी । आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ ।

कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् । भारतकी डाइटिशियन स्वाती विष्णोईले टुसा उम्रिएको आलु खान हुन्छ कि हुँदैन भन्नेबारे जानकारी दिएकी छिन् ।

टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन् । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् ।

यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणका कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ ।

हल्का हरियो रङको आलु पनि खानु हुँदैन । आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ । हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ ।

आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने हटाएर खान सकिन्छ । अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्व हुन्छ । तर यदि आलु धेरै दिनसम्म राखिएको छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ ।

आलुले ब्लड सुगर बढाउँछ

धेरैजसो घरमा आलु एकैपटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै यसमा टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् ।

यो टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै सोच्नुभएको छ ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले घरमा भएको आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ भनेको छ ।

यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् । टुसा उम्रिएको आलु विषालु हुन्छन् । रिपोर्ट अनुसार आलुमा प्राकृतिक रुपमा केही विषालु तत्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् ।

तर यसको बिरुवा पा पातमा यो अत्यधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुबै विषालु तत्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रुपमा खाँदा शरीरमा ती तत्व प्रवेश गर्ने गर्छन् ।

रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभएपनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेषगरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन् 

रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन् । जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने ।

कतिपयमा यसका लक्षणहरू हल्का हुन्छन् भने कतिपयमा यी लक्षणहरूले गम्भीर रूप लिन सक्छन् । गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ । त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ?

  • यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् ।
  • आलुलाई यस्तो ठाउँमा राख्नुहोस् जहाँ सूर्यको किरण पुग्दैन । धेरै चिसो ठाउँमा पनि नराख्नुहोस् ।
  • यसलाई सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ ।
  • यदि तपाईंले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ । ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् ।
  • टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved