निद्राबाट ब्यूँझदा यस्तो समस्या छ भने हुन सक्छ मधुमेह

नेपालभ्युज

निद्राबाट ब्यूँझदा यस्तो समस्या छ भने हुन सक्छ मधुमेह

एजेन्सी । टाइप–टु मधुमेह नराम्रो रोग हो । साधारणतया यसको लक्षण त्यतिबेलासम्म देखिँदैन जबसम्म रगतमा चिनीको मात्रा उच्च स्तरमा हुँदैन ।

रगतमा चिनीको मात्रा लगातार बढिरहँदा मुटुरोगको खतरा पनि बढ्न सक्छ । यद्यपि, शरीरमा साधारण केही परिवर्तनले टाइप टु मधेमेहको खतराको संकेत गर्छन् । बिहान निद्राबाट ब्यूँझिएको केही समयपछि तपाईंले यो लक्षण देख्न सक्नुहुन्छ ।

मधुमेह, लिपिड डिसअर्डर र एन्डोक्रिनोलोजी कन्सल्टेन्ट डा. राल्फ अब्राहमले एक्सप्रेस डट को डट यूकेसँगको कुराकानीमा मधुमेहका केही विशेष संकेत उजागर गरेका छन् । डा. अब्राहमका अनुसार मुख सुक्नु यसको बलियो लक्षण हुनसक्छ ।

उनी भन्छन्, ‘यदि तपाईं राती बारम्बर पिसाब फेर्न उठ्नुहुन्छ वा अत्यधिक प्यास लागेको छ भने तपाईंको स्वास्थ्यमा केही गडबडी पक्कै छ ।’

मधुमेह हुँदा रगतमा ग्लूकोजको मात्रा बढ्ने भएकोले प्यास लाग्छ र बारम्बार पिसाब पनि लाग्छ ।’ डा. अब्राहमले चेतावनी दिँदै भनेका छन्, ‘यदि बिहान उठ्दा तपाईंको मुख र घाँटी सुक्छ भने तपाईं उच्च मात्रामा सतर्क हुनुपर्छ । यो टाइप–टु डायबिटिजको एउटा संकेत हुनसक्छ ।’

डा. अब्राहमका अनुसार टाइप टु मधुमेहका अन्य थुप्रै सानातिना लक्षण पनि हुन्छन् जसका कारण यो रोगलाई ‘साइलेन्ट किलर’ भनिन्छ । यसमा थकान, आँखा धमिलो हुनु, यौनसम्बन्धि समस्या, सानो घाउ पनि ढिला गरी निको हुनु, फंगल इन्फेक्सन र शरीरमा दाना वा खटिरा निस्कने लक्षण समावेश छन् ।

नेशनल हेल्थ सर्भिसका अनुसार यदि तपाईंलाई टाइप–टु मधुमेहको लक्षण देखिएको छ र चिन्तित हुनुहुन्छ भने तुरुन्त यसको परीक्षण गराउनुपर्छ ।

रोगको पत्ता लागेपछि तपाईंले रगतमा चिनीको स्तर कम गर्न जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । ब्लड सुगर म्यानेजमेन्टमा खानाको एक विशेष भूमिका हुन्छ र यो रोग लागेपछि केही खानेकुरा यस्ता हुन्छन् जुन तपाईंले खानै हुँदैन ।

तपाईंले कार्बोहाइड्रेटको सेवनमाथि नियन्त्रण राख्नुपर्नेछ जसले ब्लड सुगरलाई बढाउने काम गर्छ । कार्बोहाइड्रेट शरीरमा चाँडै नै टुट्ने गर्छ त्यसैले ब्लड सुगरको स्तर तीव्र रुपमा बढ्ने गर्छ ।

यसका लागि कम्प्लेक्स काब्र्स एउटा राम्रो र सुरक्षित विकल्प हो । वास्तवमा कम्प्लेक्स काब्र्स स्टार्च हो जुन कार्ब्सको तुलनामा अलि ढिला गरी टुट्छ र ब्लड सुगर नियन्त्रणमा राख्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved