सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ ।  शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने स्थिर छ ।आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved