भैँसेपाटीमा आगलागी, १ जनाको मृत्यु

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

नेपालभ्युज

भैँसेपाटीमा आगलागी, १ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ ।

यहाँको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

यसैबीच प्रहरीले ललितपुरकै महाँकाल गाउँपालिका–१ टुङ्गुनस्थित विमिरे जङ्गलबाट भरूवा बन्दुक बरामद गरेको छ । उक्त जङ्गलमा बन्दुक पड्केको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टुङ्गुनबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved