नवलपरासीमा तीर्थालु बोकेको बस दुर्घटना, ४५ जना घाइते

नेपालभ्युज

नवलपरासीमा तीर्थालु बोकेको बस दुर्घटना, ४५ जना घाइते
सांकेतिक तस्वीर।

बुटवल। पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा सडकबाट १० मिटर तल बस खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको छ । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved