आईएमई लाइफ इन्स्योरेन्सका ३४ एमडीआरटी सम्मानित

नेपालभ्युज

आईएमई लाइफ इन्स्योरेन्सका ३४ एमडीआरटी सम्मानित

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सका बिमा अभिकर्ताहरू मध्ये एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन् । कम्पनीले बुधबार एक समारोहको आयोजना गरी उनीहरूलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवसरमा एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रूपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महशुस गरेको कुरा कम्पनीले जनाएको छ ।

कम्पनीको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित हुनुभएकाले अहिलेको आर्थिक रूपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बिमा अभिकर्ताहरूले एमडीआरटी उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडीआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बिमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved