वास्तुशास्त्र अनुसार खाना खाँदा फर्किने दिशा

नेपालभ्युज

वास्तुशास्त्र अनुसार खाना खाँदा फर्किने दिशा

एजेन्सी । वास्तुशास्त्रमा दिशाको विशेष महत्व छ । कुन दिशामा के गर्ने र के नगर्ने ? कुनलाई राख्नु पर्ने, कुनलाई राख्नु हुँदैन ?

कुन दिशामा यात्रा गर्नुपर्छ, कुन दिशामा जानु हुँदैन ? यी सबै कुराहरु विस्तृत रुपमा लेखिएका छन् ।

घरको वास्तु सही भएमा सबै प्रकारको सुख, सौभाग्य, धनसम्पत्ति प्राप्त हुने विश्वास गरिन्छ । हाम्रो खाने र सुत्ने दिशा पनि वास्तुमा बताइएको छ ।

यदी तपाईं गलत दिशामा सुत्नु भयो वा गलत दिशामा फर्केर खाना खानुभयो भने धेरै नोक्सान हुने दाबी शास्त्रमा गरिएको छ ।

आज हामी तपाईंलाई बताउँछौं वास्तु अनुसार कुन दिशामा मुख गरेर खाना खानु पर्छ र कुन दिशातर्फ फर्केर खानु हुँदैन ।

पूर्व दिशामा फर्केर खाना खाएमा सबै रोग निको हुन्छन् । यो देवताको दिशा हो, त्यसैले यसतर्फ फर्केर खाना खाँदा उमेर बढ्छ र रोगहरु हट्छन् ।

वास्तुशास्त्र अनुसार काम गर्ने व्यक्तिले पश्चिम दिशातर्फ फर्केर खाना खानुपर्छ । यदी घरको कुनै सदस्य विरामी छ भने उसले पनि पश्चिम दिशातर्फ फर्केर खाना खाँदा स्वास्थ्यमा सुधार हुन्छ भनिएको छ ।

उत्तर दिशामा फर्केर खाना खाने हो भने घरमा धनको वर्षा हुन्छ । घरको मुखियाले सधैं उत्तर दिशातर्फ फर्केर खाना खानुपर्छ ।

वास्तुका अनुसार दक्षिणतर्फ फर्केर भने कहिल्यै खाना खानु हुँदैन । यसले गरिबी निम्त्याउँछ र पैसा जान्छ । यो दिशा पितृहरुको हो, त्यसैले यसतर्फ फर्केर खाना नखानुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved