मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार

७ जनाको अघिल्लो बुधबार उद्धार भएको हो भने   २० दिनपछि शुक्रबार थप १२ जना नेपाल फर्किएका हुन्  ।

नेपालभ्युज

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार

गोरखा । मलेसियामा बन्धक बनाइएका सबैजनाको  उद्धार भएको छ । नेपाल सरकारको पहलमा  बन्धक बनाइएका १९ जनै नेपालीको उद्धार भएको हो । सो मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको हो भने   २० दिनपछि शुक्रबार थप १२ जना नेपाल फर्किएका हुन्  । उनिहरु  आफैले विमान भाडा बेहोरेर नेपाल फर्किएका हुन् ।

नेपाल फर्कनेमा  गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् ।

रोजगारीका सिलसिलामा मलेसिया पुगेका उनिहरु पुस १७ गतेबाट  बन्धक बनाइएका थिए । कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरू बन्धक बनाइएका थिए ।

नेपाल सरकारको पहलमा नै आफूहरू फर्कन पाएको गोरखा  घर भएका विष्णुप्रसाद ढकालले बताए । उनिहरु हाल काठमाडौंस्थित एक होटलमा बसेका छन् ।

नेपाल फर्किएका उनले भने,  ‘पहिले सात जना आयौं,अहिले थप १२ जना साथी पनि आइपुग्नुभयो, चरम यातनाले काम गर्न नसकेर नै फर्किएका हौँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved