क्रिकेटर केएल राहुल र अथिया शेट्टीको विवाह हुँदै

नेपालभ्युज

क्रिकेटर केएल राहुल र अथिया शेट्टीको  विवाह हुँदै

एजेन्सी । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाहको विवाह हुने भएको छ । दुवै जनाले लामो समय सम्बन्धबारे सार्वजनिक गरेका थिएनन् । तर अब उनीहरुले २३ जनावरी अर्थात् माघ ९ गते विवाह गर्न लागेका खबर बाहिरिएका छन् । दुवै जनाको परिवारमा विवाहको भव्य तयारी भइरहेको छ ।

विवाहको समारोह तीन दिनसम्म चल्नेछ। २१ र २२ तारिखमा हल्दी, मेहन्दी र संगीतको कार्यक्रम हुनेछ। शेट्टी परिवारले निकटका फिल्म उद्योगका सबैजसोलाई निम्तो दिइने पनि बताइएको छ। त्यस्तै केएल राहुल निकटका क्रिकेटरहरूलाई पनि बोलाइने खबरमा उल्लेख छ । अथिया र केएल विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved