मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको छ : अध्यक्ष नेपाल

नेपालभ्युज

मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको छ : अध्यक्ष नेपाल
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति समुदायका मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको बताएका छन् ।

नेपाल तामाङ सङ्घ (समाजवादी) द्वारा २८५९औँ सोनाम ल्होछारको पूर्वसन्ध्यामा बिहिबार यहाँ आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक र बहुसंस्कृति भएको राष्ट्रमा परम्परागत रुपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यसले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताउँदै सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले राष्ट्रको विकास र समृद्धिका लागि विभेदमा परेका वर्ग, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई समावेशी ढङ्गबाट राज्यको मूलधारमा ल्याउन संविधानमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved