पुन: रिलिज हुँदै ‘द कश्मिर फाइल्स’

नेपालभ्युज

पुन: रिलिज हुँदै ‘द कश्मिर फाइल्स’

मुम्बई। सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म फेरि रिलिज हुँदै ‘द कश्मीर फाइल्स’’ पुनः रिलिज हुने भएको छ । फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो ।
२०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।

फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि–रिलिज गर्ने घोषणा गरेका छन् । ‘द कश्मिर फाइल्स १९ जनवरीमा कश्मिरी हिन्दू नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ ।

बलिउडमा एक वर्षमा कुनै फिल्म दुईपटक रिलिज भएको सम्भवत: यो नै पहिलो हुनसक्छ’, उनले ट्विट गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved