डीएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल

नेपालभ्युज

डीएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल

काठमाडौं। नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरू बिक्री-वितरण गर्दै आएको डीएचआईले आफ्नो टेक्नोलोजी पार्टनरमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरू उत्पादन तथा बिक्री-वितरण गर्न थालेको हो। पछिल्लो समय नेपालमा व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्री-वितरण गर्नका लागि स्यान्डमार्टिन इन्टरनेसनलसँग सहकार्य अघि बढाइएको हो ।

यो सम्झौतापश्चात् डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved