लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् ।

माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, जनमत, लोसपा र २ स्वतन्त्र गरी ५८ प्रदेशसभा सदस्यको समर्थनमा गिरी पुस २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभाको चौथो बैठक दिउँसो १ बजे दाङको देउखुरीमा बस्दै छ । मुख्यमन्त्री गिरीले शपथ ग्रहणकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे पनि जिम्मेवारी बाँडफाँट गरेका छैनन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३, स्वतन्त्र २ सांसद छन् । यस्तै  एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved