राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी

नेपालभ्युज

राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी
फाइल तश्वीर

काठमाडौं।  तोकिएको मापदण्ड पूरा नगरेका ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरू नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरूप जरिवाना तिराएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरूप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, सालपा विकास बैंक र कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात अनुपात कायम नगर्दा कारबाहीस्वरूप जरिवाना गरिएको छ । विपन्न वर्गको कर्जा शीर्षकमा पनि मापदण्ड पूरा नगरेपछि कर्णाली विकास बैंक थप जरिवानामा परेको छ ।

त्यस्तै, फाइनान्स कम्पनीहरूमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved