अस्ट्रेलियाको आठ शहरमा घन्किँदै नेपथ्य

नेपालभ्युज

अस्ट्रेलियाको आठ शहरमा घन्किँदै नेपथ्य

काठमाडौं। लोक रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि, सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाको ६ सहरको सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ ।

‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा सफलतापूर्वक सम्पन्न गरेको थियो । त्यतिबेला मुलुकभर सडक आश्रितहरूको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा कार्यक्रम प्रस्तुत गरिएका थिए । अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस संकलन गरेको थियो ।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनुअरी २५ मा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुनेछ ।

नेपथ्यको अस्ट्रेलिया यात्राको लागि ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिख त्यसतर्फ प्रस्थान गर्दैछ । पूर्वनिर्धारित आठवटा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा सो टोली नेपाल फर्कने योजना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved