सभामुखमा उम्मेदवारी दिएकी ईश्वरीको प्रण- संसद् र सांसदप्रति प्रतिबद्ध भएर काम गर्छु

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेले आफू सभामुख निर्वाचित भए संसद्‌प्रति प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् ।

बिहीबार हुने सभामुखको निर्वाचनका लागि बुधबार अपराह्न उम्मेदवारी दर्ता गराएकी न्यौपानेले भनिन्, ‘मेरो जित निश्चित छ । सांसदहरूको मत हेर्दा म जित्छु । यदि निर्वाचित भएँ भने म संसद् र सांसदप्रति प्रतिबद्ध भएर काम गर्नेछु ।’

उनले सभामुख निर्वाचित भएको खण्डमा पार्टी राजनीतिभन्दा माथि उठेर संसद्‌को गरिमा जोगाएर काम गर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved