देवराज भन्छन्- सभामुख बनेर प्रभावकारी काम गर्छु

उनले प्रतिनिधि सभाको सभामुखले निभाउनुपर्ने काममा कहीँ-कतै नचुक्ने बताएका छन् ।

नेपालभ्युज

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका उम्मेदवार देवराज घिमिरेले आफू सभामुख बन्ने निश्चित भएको दाबी गरेका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका घिमिरले भनेका छन्, ‘पदमा पुग्ने त निश्चित नै हो । म सबै राजनीतिक दलहरूको सहमतिबाट उम्मेदवार बनेको हुँ ।’

उनले सभामुख बनेपछि आफूले प्रभावकारी काम गर्ने पनि बताए । ‘विगतबाट शिक्षा लिँदै भावी दिनमा प्रभावकारी काम गर्ने सोच बनाएको छु,’ उनले भने, ‘म एमालेबाट होइन, प्रतिनिधि सभाबाट विजयी हुनेछु ।’

उनले प्रतिनिधि सभाको सभामुखले निभाउनुपर्ने काममा कहीँ-कतै नचुक्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved