ठगी आरोपमा सहकारी संघ धनुषाका अध्यक्ष यादव पक्राउ

नेपालभ्युज

ठगी आरोपमा सहकारी संघ धनुषाका अध्यक्ष यादव पक्राउ

जनकपुरधाम  । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष र राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्य समेत रहेका यादवलाई प्रहरीले बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी धनुषाका अनुसार एकजना सहकारीका बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पुर्‍याएकाले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो।

पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी क्षेत्रीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको उनले जानकारी दिएए ।

पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved