सर्वदलीय बैठकमा कांग्रेसको दाबी – प्रमुख विपक्ष दलको नेता देउवा नै हुन्

नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो ।

नेपालभ्युज

सर्वदलीय बैठकमा कांग्रेसको दाबी – प्रमुख विपक्ष दलको नेता देउवा नै हुन्

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । मंगलबार अपरान्ह  प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनु पर्ने दाबी गरेको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव  अघि सारेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यता, नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो ।

प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो । अर्को सत्तापक्ष र प्रतिपक्षको बारेमा पनि केही कुराहरु राख्नुभयो । हामीले हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौं ।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved