परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउनेछु : मन्त्री पौड्याल

नेपालभ्युज

1035946743876733

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौड्यालले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन् ।

उनले परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरूमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन् ।

पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताउँदै भनिन्, ‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिनँ । नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो । मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरू यहाँ हुनुहुन्छ । भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ । हाम्रो दूतावावासहरुमा नेपालीलाई सहज पहुँच गराउन प्रयास गर्नेछु ।’

मन्त्री पौड्यालले नेपालको राजदूतावासमा नेपाली जाँदा घरजस्तो महशुस गर्ने वातावरण बनाउने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved