घरमा हात्तीको जोडी राख्दा हुन्छ फाइदै फाइदा

नेपालभ्युज

घरमा हात्तीको जोडी राख्दा हुन्छ फाइदै फाइदा

एजेन्सी । वास्तुशास्त्रमा हात्तीको जोडीको बारेमा पनि उल्लेख गरिएको छ । वास्तुशास्त्र अनुसार घरमा हात्तीको जोडी राख्नु निकै शुभ मानिन्छ । यसले दाम्पत्य जीवनमा खुशी र प्रेम ल्याउँछ । यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउँछ ।

हात्तीको जोडी घरमा राख्दा के फाइदा हुन्छ र हात्तीसँग सम्बन्धित केही महत्वपूर्ण कुरा जानौं ।

हात्ती एक धेरै मेहनती र बुद्धिमान प्राणी हो । साथै, तिनीहरुको परिवार समूहमा हात्तीहरुलाई सधैं प्राथमिकता दिइन्छ, तिनीहरुको सम्मान गरिन्छ । उनीहरुको परिवारको प्रमुखले सबैलाई साथमा लिएर जान्छ । समूहमा एकता कायम राख्छ ।

तपाईंले देख्नु भएको होला कि उनीहरु कतै जाँदा आफ्नो परिवारसँगै जान्छन् र सबैको ख्याल राख्छन् र समूहको अग्रपंक्तिमा हिँड्छन् । यी सबैले उनीहरु कति बुद्धिमान छन् भन्ने देखाउँछ ।

आफ्नो परिवारको लागि कडा मेहनत गर्नुहोस् भनेर दुई हात्तीको मुर्तीले हमेशा भनिरहेका हुन्छन् । त्यसैले पनि जोडी हात्ती घरमा राख्नु शुभ मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved