विमान दुर्घटना : शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सरकारले सहजीकरण गर्ने

नेपालभ्युज

विमान दुर्घटना : शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सरकारले सहजीकरण गर्ने

काठमाडौं। यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सरकारले सहजीकरण गर्ने भएको छ ।

बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार यसबारे निर्णय गरेको बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले जानकारी दिए । ‘बिमाको रकम भुक्तानीमा समस्या छैन’  उनले भने– ‘रकम प्राप्त गर्ने व्यवस्था हुन्छ, शव व्यवस्थापनमा कसरी आफन्तलाई सहजीकरण गर्ने भन्नेबारे छलफल भएको छ ।’

बैठकमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओसहितका अधिकारी सहभागी थिए ।

पोखराको सेती खोंचमा भएको दुर्घटना परेर ज्यान गुमाएका विदेशी नागरिकको शव पोस्टमार्टम गरेर विदेश पठाउने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved