अन्तर्वार्ता

‘पछिल्लो समय महिला, पुरुषमा बाँझोपन बढ्दै गएको छ’

नेपालभ्युज

‘पछिल्लो समय महिला, पुरुषमा बाँझोपन बढ्दै गएको छ’

काठमाडौं। पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै, महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरू बताउँछन् ।

हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ । तर, अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ । बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन् । ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ । पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले बताउँछ ।

निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरूमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ । बाँकि १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ । उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरूको भनाइ छ । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ  डा. श्वेता सिंहसँग गरेको कुराकानी ।

कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ ?

–कुनै पनि दम्पतीले एक वर्षसम्म सम्बन्धमा बस्दा कुनै किसिमको अस्थायी साधन प्रयोग नगर्दा पनि बच्चा हुन सकिरहेको छैन भने त्यस्तो दम्पतीहरूलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्नसक्छौं । यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन । समस्या श्रीमान वा श्रीमतीमा पनि हुनसक्छ ।

दुवैमा पनि हुनसक्छ । बाँझोपन आउनुमा श्रीमतीको डिम्बासयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बासयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो । केहीगरी डिम्बासयमा समस्या देखिएको छ । डिम्बासयमा सिस्ट,ट्युमर हुनसक्छ । पोलिटिक्स पोलियन डिजिज भनिन्छ । त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने,समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ ।

यसैगरी, पाठेघरको दुवै वा एक तर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ । पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ । कित भित्र क्यापिटीमा केही पलिपहरू छ । पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरू आउँछ । पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकिटहरू माथि जान पाउँदैन ।

पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकिटहरू माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ । पाठेघरमा मासुहरू पलाएको छ वा भ्रुम बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरू छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ । पाठेघरको नलीका पानी भरिएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ । किनकि, अण्डाहरू नलीहरूमा आउनुपर्ने हुन्छ ।

सम्पर्क राखिसकेपश्चात शुक्रकिटहरू माथि गएर नलिसम्म आउनुपर्ने हुन्छ । नलीमा शुक्रकिट र अण्डाको मिलन भएर भ्रम बन्ने हुन्छ । बनेको भ्रुम फेरि पाठेघरमा आएर वाल्सहरूमा टाँसेर बच्चा बस्ने हुन्छ । नलीमा नै ब्लक भयो भने अण्डा र शुक्रकिट मिलन हुन पाउँदैन । त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ । यो बाहेक श्रीमतीमा थाइराइट, डाइभिटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ ।

श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकिटको कुरा आउँछ । शुक्रकिटको संख्या राम्रो छैन । संख्या राम्रो भए पनि त्यसको चालहरू राम्रो छैन । बनावटहरू राम्रो छैन भने बाँझोपन हुनसक्छ । श्रीमानमा पनि थाइराइट,डाइभिटिज र अन्य समस्याहरू भयो भने बाँझोपन हुनसक्छ । कित श्रीमान श्रीमतीलाई नै यौन सम्पर्क राख्दा ग्राहो भएको छ । त्यो समस्याको कारण पनि बाँझोपन भइरहेको हुन्छ ।

पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पताल आउने क्रम बढेको छ । तपाईहरूकोमा धेरै कस्ता-कस्ता प्रकृतिका समस्या लिएर आउँछन् ?

अहिलेसम्म आफ्नो प्राक्टिक्समा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी दिन आउनुहुन्छ । उनीहरूले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन । तर, बच्चा जन्माउनको लागि दुवै जना श्रीमान् श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहनुभएको हुन्छ । यो खुशीको कुरा हो ।

यो विषयमा जानकारी लिनुपर्ने समाजमा हुनुपर्ने हुन्छ । बच्चा योजनाबिना झुक्किएर बसेको हुन्छ । योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ । बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरू पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन् ।

कतिपय मानिसहरूलाई बाँझोपन हुन्छ भन्ने कुराहरू थाहा नभएको पाइन्छ । बाँझोपनको समस्या समाधानका उपायहरू छन् भन्ने कुराहरू पनि थाहा छैन उनीहरूलाई । ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोशिस गरिरहका पनि आउने गरेका छन् । अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरू आउने गरेका छन् । कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन् । उनीहरूलाई बाँझोपन सम्बन्धि जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ ।

अल्काले केही समय पहिलो बाँझोपनसम्बन्धी शिविर क्याम्प राखेको थियो, विगतमा भन्दा कस्तो पाउनुभयो ?

पाँच दिनको बाँझोपनसम्बन्धी क्याम्प थियो । त्यसमा निःशुल्क उपचारहरू गरेका थियौं । क्याम्पमा बाँझोपन भएका बिरामीहरूले टेष्ट ट्युब बेबी गर्नुपर्ने बुझाइरहेको पायौं । तर, त्यस्तो होइन । बाँझोपनको समस्या हुनेबित्तिकै श्रीमान् श्रीमतीलाई इन्भेस्टिगेट गरेर हेर्छौं । पहिला श्रीमान् वा श्रीमतीमा कस्तो समस्या छ भनेर छुट्याउनुपर्ने हुन्छ । उनीहरूलाई औषधिहरू मात्रै दिएर पुग्छ कि यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ, त्यो जानकारी दिनुपर्छ ।

धेरैको समय नमिल्दा बच्चा नभएको हुनसक्छ । उहाँहरूले आईवीएफतिर जानुपर्ने हो । दुवै जनालाई इन्भेस्टिकेट गरेपछि के गर्ने भनेर निर्णय लिन मिल्छ । १५ वर्षदेखि अस्पतालहरूमा भौंतारिरहेका बिरामी आउनुभएको थियो । डिम्बाशयको नलीमा ब्लक भइरहेको केसहरू भेटिए । त्यस्तोको लागि अन्य उपाय गरेर हुँदैन त्यसको लागि टेष्ट्यु बेबीतिर जानुपर्ने हुन्छ । अहिले आईबीएफ र टेष्ट्यु बेबी चाहिने धेरै बिरामीहरू पाएको छृु ।

अहिले बाँझोपनको समस्या बढ्दै गएको भन्ने देखियो होइन ?

पछिल्लो समय नेपालका महिला, पुरुषहरूमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ । पछिल्लो समय आईबीएफको समस्या बढ्दोरूपमा छ । विगतको जस्तो अहिले शुद्ध खानाहरू पनि पाउँदैन । लाइफ स्टाइल (जीवन शैली) परिवर्तन रहेको छ । वायु प्रदूषण बढ्दो छ । यी सबै बाह्य कारणहरू भए । यसले गर्दा अहिले कतिपय मानिसहरूलाई मेडिकल समस्या आउने हुन्छ । थाइराइड, डाइभिटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ ।

बाँझोपन समस्या कसरी समाधान गर्ने त ?

बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरूको रगतको जाँचदेखि महिलाको भिडियो एक्स-रेदेखि श्रीमानको शुक्रकिटको जाँचसम्म गर्नुपर्ने हुन्छ । सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबै भन्दा पहिला मेडिकल परीक्षणमा कहिले काहीँ यौन सम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ ।

सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ । अर्को मेडिकल परीक्षण पछि दम्पतीको लागि अण्डा र शुक्रकिट राम्रो हुने औषधि राख्छौं । त्यो औषधि ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ ।

कतिपयलाई मेडिकल औषधिले काम नगरिरहेको अवस्था हुन्छ । त्यस्तो बिरामीलाई आइवाईतिर लैजान्छौं । युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्डा बनाउने औषधि खान दिन्छौं । त्यसपछि अल्ट्रासाउन्ड गर्दै डिम्बाशयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं ।

बाँझोपन भएर अस्पताल जान नसक्नेहरूको लागि के भन्नुहुन्छ ?

दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ । बाँझोपन भनेको लुकाएर राख्ने कुरा होइन । लुकाएर कसैको परामर्श नलिई श्रीमान्-श्रीमतीसँग मात्रै सीमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनुहुन्छ । त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपनसम्बन्धी डाक्टरहरूसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रूपमा बोल्नुस् ।

आफ्नो समस्या डाक्टरलाई सेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न । डाक्टरहरूको सल्लाहले मात्र राम्रो बच्चा पाउने क्षमता र जानकारी प्राप्त हुन्छ । त्यो क्षमता डाक्टरहरूसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ । बाँझोपनसम्बन्धी डाक्टरसँग परापर्श गर्नु उपयुक्त हुन्छ । डाक्टरहरूले जसलाई बच्चा चाहिन्छ उहाँहरूलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved