तथ्यले भन्छ : रिसाहा मान्छे छिटो मर्छ

नेपालभ्युज

तथ्यले भन्छ : रिसाहा मान्छे छिटो मर्छ

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुरा थाहा नै हुँदैन कि दैनिक जीवनका स–साना बानी पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकको अनुसन्धानले धेरै रिस उठ्ने मानिसको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको पाइएको छ ।

रिसका कारणले मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन्, जसमा तनावदेखि लिएर मनोरोग लगायत हुन्छन् ।

रिसाहा मानिसको शरीरमा एडेनलाइन हर्मोन तीव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ ।

किनकी रिसले शरीरमा स्ट्रेस हर्मोनका साथसाथै एडेलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढाउने अनुसन्धानले देखाएको छ । बढी रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढी हुने अनुसन्धानले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved