आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

नेपालभ्युज

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाडौं। पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।

पोखरामा भएको दुर्घटनापछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आगामी दिनमा दुर्घटना हुन नदिन वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको हो।

त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकिएको छ।

दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved