अमेरिकी गेब्रिएल बनिन् नयाँ मिस युनिभर्स

नेपालभ्युज

अमेरिकी गेब्रिएल बनिन् नयाँ मिस युनिभर्स

अमेरिका। अमेरिकाकी मोडेल आर बोनी गेब्रिएलले ‘मिस युनिभर्स २०२२’ को ताज जितेकी छन् । अमेरिकाको लुइसियाना राज्यको न्यू अर्लिन्स शहरमा शनिबार सम्पन्न ७१ औं संस्करणको प्रतियोगितामा विश्वभरका ८४ प्रतियोगीलाई पछि पर्दै गेब्रिएलले ताज हासिल गरेकी हुन् । ‘मिस युनिभर्स २०२१’ की विजेता हरनाज सन्धुले आफ्नो ताज गेब्रिएललाई लगाइदिएकी थिइन् ।

प्रतियोगितामा भेनेजुएलाकी अमान्डा डुडामेल फस्ट रनर अप र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज सेकेन्ड रनर अप भए । प्रतियोगितामा भारतकी दिविता राई सेमिफाइनलमा पुगेर बाहिरिएकी छिन् । नेसनल कस्ट्युम राउण्डमा उनले सुनौलो चरा बनेर ध्यान सबैको ध्यान खिच्न सफल भएकी थिइन् ।

प्रतियोगिताको फाइनल राउण्डमा शीर्ष तीन प्रतियोगीलाई तपाईहरूले ताज जित्नुभयो भने यस संस्थालाई बलियो र प्रगतिशील संस्थाको रूपमा देखाउन के गर्नुहुन्छ ? ग्रेबिएलको जवाफले उनलाई विजेता बनायो । यस सौन्दर्य प्रतियोगिताको उद्देश्य विश्वभरका महिलाहरुलाई प्रोत्साहित गर्नु रहेको छ ।

रिपोर्टका अनुसार यस पटकको मिस युनिभर्सको ताज निकै खास छ । यसपटक ताजलाई ‘फोर्स फर गुड’ नाम दिइएको छ । यो ताजको लागत करिब ४९ करोड भारु रहेको छ । यस प्रतियोगिताको पहिलो उपाधि आर्मी कुसेलाले जितिन् । अ

गत वर्ष भारतका हरनाज सन्धुले यो प्रतियोगिता जितेर भारतलाई गौरवान्वित गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved