यति एयरलाइन्स विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो (तस्वीरहरू)

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्। आगो लागिरहेको विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ।

नेपालभ्युज

यति एयरलाइन्स विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो (तस्वीरहरू)

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको विमान दुर्घटना भएपछि उद्धार जारी छ।

यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेपछि उद्धार चलिरहेको छ।

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्।

आगो लागिरहेको विमानबाट ३० भन्दा बढीको शव निकालिसकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved