पुरुषले आफूभन्दा जेठी महिलासँग सम्बन्ध किन राख्छन् ?

नेपालभ्युज

पुरुषले आफूभन्दा जेठी महिलासँग सम्बन्ध किन राख्छन् ?

एजेन्सी । माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्ने पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ । त्यसो त माया बसेपछि उमेरको पनि कुनै महत्व हुँदैन ।

यो कुराको पुष्टि के ले पनि गर्छ भने समाजमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो आफूभन्दा जेठी महिलाहरुसँग सम्बन्ध गास्न मन पराउँछन् । कतिपयले मायालाई विवाहमा परिणत पनि गरेका छन् ।

पुरुषलाई आफूभन्दा जेठी महिलाहरु मन पराउने कारण भने महिलाहरुको परिपक्वता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठ महिलाप्रति बढी आकर्षित हुने गर्छन् ।

आफूभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्वताका कारण असमझदारी बढी हुने हुँदा सम्बन्धमा धेरै बेमेल हुने गर्छ । जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने तथा कुरा बुझ्ने खालका हुन्छन् ।

भागदौडको जीवनमा थकान बढी लाग्ने गर्छ । र यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्वता भएका महिलाहरु सफल हुन्छन् । पुरुषहरुलाई भावनात्मक सहयोग दिनमा उनीहरु खप्पिस हुन्छन् ।

इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मद्दत गर्छन् । त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्व भएका हुन्छन् । यी कारण पनि पुरुषहरु आफू भन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved