पशुपतिको जङ्गलमा पूरै जलेको अवस्थामा पुरुषको शव फेला

नेपालभ्युज

पशुपतिको जङ्गलमा पूरै जलेको अवस्थामा पुरुषको शव फेला
सांकेतिक तस्वीर।

काठमाडौं। पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पूरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय गौशालाका एसपी कृष्ण कोइरालाले  बताए ।

अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।

पेट्रोल छर्केर आगोले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved