माघी पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा

नेपालभ्युज

माघी पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा
फाइल तस्वीर

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रदेशको यो  निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।

सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved